हाँडिगाउँका सम्पदालाई पुरानै अवस्थामा फर्काउँदैछौँ : अध्यक्ष प्रजापति

काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ ।

शनिवार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौँ महानगरपालिका, वडा नम्बर ५, हाँडिगाउँको नरदेवमा फल्चा निर्माण गरी शुभारम्भ गरिएको हो ।

फल्चा उद्घाटन कार्यक्रममा बोल्दै कामनपा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले सांस्कृतिक सहर, सुन्दर महानगर बनाउने नीतिअनुसार आफूहरू अघि बढेको र सोही नीतिअनुसार हाँडिगाउँमा फल्चा उद्घाटन गरिएको बताए ।

उनले भने ‘सांस्कृतिक सहर, सुन्दर महानगर बनाउने नीतिअनुसार अघि बढेका छौँ । हाँडिगाउँमा नेपालभर पहिलो मानव बस्ती यहाँबाट भएको इतिहास पाइन्छ । हामी यसलाई जीवन्त दिने कोसिसमा छौँ । यो लिच्छवीकालीन सहर हो । यहाँ भएका सम्पदा जुन अवस्थामा थिए, त्यही अवस्थामा फर्काउनुपर्छ भनेर लागेका छौँ ।’

उनले हाँडिगाउँ लिच्छवीकालीन सहर भएकाले पनि यसको सम्पदा पुरानै अवस्थामा फर्काउने गरी आफूहरू लागिपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =