मनाइयो ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

काठमाडौँ । ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ ।

शनिवार काठमाडौँसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ ।

भृकुटी मण्डपबाट सुरु भएको झाँकी टुँडिखेल परिक्रमा गर्दै सभागृह पुगेर कार्यक्रमस्थल जानेछ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =