भारतको बाढी, पहिरोमा परी २० जना नेपाली बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कृष्णबहादुर रोकायाले भारतमा गएको बाढी, पहिरोमा परी २० जना नेपालीहरू बेपत्ता भएको भन्दै उद्धार र खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले भारतको पहिरो र बाढीमा परी रोजगारीका लागि पुगेका नेपालीहरू बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भारतको उत्तराखण्ड राज्यमा बाढीका कारण केही घटनामा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

बेरोजगारी समस्याका कारण लाखौँ नेपाली युवाहरू खाडी मुलुकमा जाने क्रममा केही युवाहरू सुरुमै ठगिने र केही मानिसहरूले जोखिमयुक्त काम गर्नुपर्ने बाध्यताका कारण कयौँले ज्यान गुमाइरहेको बताए ।

बाढी, पहिरोमा परी बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान रहेको बताए । पौरी गढवावामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएको अनुमान रहेको बताए । बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेको बताए ।

उनले भने, ‘भारतको उत्तराखण्ड राज्यमा बाढीका कारण केही घटनामा ठूलो धनजनको क्षति भएको छ । म दुःख व्यक्त गर्दछु । बेरोजगारी समस्याका कारण लाखौँ नेपाली युवाहरू खाडी मुलुकमा जाने क्रममा केही युवाहरू सुरुमै ठगिने र केही मानिसहरूले जोखिमयुक्त काम गर्नुपर्ने बाध्यताका कारण कयौँले ज्यान गुमाएका समस्या छन् । छिमेकी देश भारतमा वर्षमा दुई पटक हिउँद र वर्षा याममा नेपालीहरू रोजगारीका लागि जाने प्रचलन छ । भारतको उत्तराखण्ड राज्यमा गत मंगलवार र बुधवार आएको बाढी, पहिरोमा परी रोजगारीका लागि पुगेका थुप्रै नेपालीहरू बेपत्ता भएको खबर छ । धराली बजारमा आएको बाढी र बुधवार पौरी गढवामा पहिलो गएको थियो । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान छ । जाजरकोटको कुशे गाउँपालिकाका १३ जना भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान छ । पौरी गढवावामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेको बुझिएको छ ।’

सांसद रोकायाले घटनामा परेका मजदुरको अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =