ओली लक्षित माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गर्नुभएको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे ।
केही समय अघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्प्णी गरेका हुन् । ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन्’ उनले भने ।
अध्यक्ष नेपालले संसारमा असम्भव भन्नेकुरा केही पनि नरहेको बताए ।








