१० मन्त्रालयलाई लेखा समितिले भन्योः लक्ष्य बनाएरै बेरुजु फर्छ्यौट गर्नू

काठमाडौं । सर्वाधिक बेरुजु हुने १० मन्त्रालयहरुलाई संसदको सार्वजनिक लेखा समितिले आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फछ्र्यौयटमा लाग्न निर्देशन दिएको छ ।

शुक्रवार मन्त्रालयका अधिकारीहरुसँग छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिनका लागि बेरुजु फछ्र्यौटलाई विभागीय अधिकारीहरुको कार्यसम्पादनसँग जोड्न समेत भनेको छ ।

प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरुलाई गम्भीर बनाउन समेत मन्त्रालयका अधिकारीहरुलाई भनेको छ ।

विभिन्न कार्यालयमा सरुवा गरेर महालेखा नियन्त्रक कार्यालयले पठाउँदा विगत २ आर्थिक वर्षमा कर्मचारीले गरेको कार्यसम्पादनको अवस्था हेर्न समेत भनेको छ ।

ती कर्मचारीको अबको प्रतिवद्धता के हो ? उनीहरुसँग माग्नुपर्ने समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

समिति सभापति पोखरेलले भने– ‘विगत २ वर्षमा लेखा कर्मचारीले जहाँजहाँ बसेर काम गर्नुभयो, उहाँको कार्यसम्पादन के हो ? त्यो महालेखा नियन्त्रक कार्यालयले राख्नुपयों । अबको प्रतिबद्धता के हो त्यो पनि मागौं । त्यो सहितको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले एउटा निश्चित समय भित्र प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाउनुप¥यो ।’

कुनै लेखा अधिकारीहरु निश्चित विभाग, मन्त्रालयमा दौडिने गरेको बताउँदै पोखरेलले ती अधिकारीले गरेको काम कारबाहीको हिसाव राख्न जरुरी रहेको पोखरेलले बताए ।

५७ औं महालेखाको प्रतिवेदनदेखिका बेरुजुहरुलाई यो आर्थिक वर्षमा हल गर्न समेत समितिले अधिकारीहरुलाई भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =