निर्वाचन आयोगले स्वमूल्यांकन गर्न खोज्नु स्वभाविक : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव एवं सांसद योगेश भट्टराईले निर्वाचन आयोगले स्वमूल्यांकन गर्न खोज्नु स्वभाविक रहेको बताएका छन् ।

विपक्षी दलहरुले चर्को विरोध गरिरहेका बेला शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले स्वमूल्यांकले पारदर्शीता कायम गर्ने भएकाले विरोध गर्नुको तुक नरहेको बताए ।

उनले पछिल्लो समय बढिरहेको सबै बेरुजुलाई राजनीतिसँग जोड्न नहुने बताए । उनकाअनुसार बेरुजु बढ्दै जानुमा विद्यमान ऐनमा समस्या छ भने ऐन संशोधनको प्रश्ताव सचिवहरुले ल्याउनुपर्छ ।

बेरुजुको अंक बढाउँदा राम्रो सन्देश नगएको एमाले सचिव भट्टराइले बताए । उनले निर्वाचन आयोगले गर्न लागेको स्वमूल्यांकले दलहरुमा परदर्शिता आउने समेत बताए । ‘अहिले निर्वाचन आयोगले स्वमूल्यांकन गर्न खोज्दैछ । मोबाइल एपबाट दलहरुका सूचकहरुको आयोगले मूल्यांकन गर्न खोज्नु सकारात्मक हो । स्वमूल्याकंनले पार्टीभित्र परदर्शीता ल्याउछ । यसबाट अतिन जरुरी छैन’ उनले भने ।

उनकाअनुसार बेरुजु, पेस्की आर्थिक सुशासनसँग हेरिनुपर्छ । यो विषयलाई सम्बन्धित अधिकारीको आन्तरिक मूल्यांकनको सूचकका रुपमा लिएर फछ्र्यौटमा निर्मम भएर लैजानुपर्छ ।

पछिल्लो समय मुलुकमा सकारात्मक सन्देश भन्दा पनि निराशा बढेको बताउँदै सांसद भट्टराईले अब सरकारले गरेका राम्रा कामहरुलाई जनमानसमा लैजान जरुरी रहेको बताए । उनकाअनुसार सुशासनलाई राम्रो गर्न कानून प्रवन्धदेखि व्यवहारमा सुधार गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =