गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर
२०८२ साउन २३ गते

रसुवा । गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पु¥याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सरक्षाकर्मी परिचालन गरिएको छ ।
२०८२ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








