शिक्षामा निजीकरण नियन्त्रण हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने ध्येयबाटै अहिलेको विद्यालय शिक्षा ऐन आएको दाबी गरेका छन् ।

काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षामा निजीकरणको प्रक्रियालाई नियन्त्रण गर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीयता बनाउने गरी शिक्षा विधेयक ल्याउन लागेको बताए । विद्यालय शिक्षा विधेयक अघि बढाउँदा पनि सार्वजनिक शिक्षाको गुणस्तरीयतामा जोड दिइएको बताए । ठुला पार्टीहरू निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नरहेको र यो विडम्बनापूर्ण भएको जिकिर गरे ।

अध्यक्ष दाहालले भने ‘निजीकरणको जो प्रक्रिया छ त्यसलाई नियन्त्रण गर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने किसिमले नै अहिलेको विद्यालय शिक्षा ऐनमा पनि, उच्च शिक्षा आयोगको प्रतिवेदनमा पनि यही कुरामा जोड गरिएको छ । विद्यालय शिक्षा विधेयक अघि बढाउँदै गर्दा हामीले यही प्रश्नमा केन्द्रित भएर त्यसमा गुणात्मक सुधार गर्ने केही प्रावधानहरू राखिएको छ । ठुला पार्टीहरू निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नदेखिनु पक्कै पनि हामी सबैको निम्ति विडम्बना नै हो ।’

अध्यक्ष दाहालले निजी क्षेत्रका थुप्रै विद्यालयहरूले पनि राम्रो विकास गरेको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =