राष्ट्रिय युवा संघबाट सुरज खरेल र युवन्तिका राई निष्कासन

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई संगठनबाट निष्कासन गरेको छ । अब उनीहरू संघका साधारण सदस्य समेत नरहने भएका छन् ।

संघका प्रवक्ता निरोज पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि साउन १९ गते बसेको पदाधिकारी बैठकले खरेल र राईलाई संगठनको विधानअनुसार कारबाही गर्ने निर्णय गरेको हो । “बैठकले निजहरूलाई संगठनको बिधान बमोजिम साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्ने र पार्टीको सदस्यता समेत खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि खरेल र राईलाई निलम्बन गरिएको थियो । पार्टी र नेतृत्वको मर्यादामाथि आँच आउने गतिविधिमा संलग्न भएको भन्दै उनीहरूविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइएको संघले जनाएको छ ।

तर, निष्कासनमा परेका खरेल र राईले भने आफूहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको आरोप लगाएका छन् । उनीहरूले राष्ट्रिय महाधिवेशनमा सुमन पुरीको पक्षमा उभिएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गरेको निहुँमा कारबाही गरिएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =