लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून बन्दैन : मन्त्री चौरसिया
२०८२ साउन २१ गते

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून नबन्ने बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि कानून लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर नआउने बताए ।
त्यस्तो प्रावधान राखिएको भए सच्याउन सकिने बताए । यसबारेमा एक पटक सञ्चारमन्त्रीसँग कुरा गर्न सुझाव दिए । ‘कुनैपनि कानून लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर आउँदैन । आएको रहेछ भने हेरौँला । एक पटक सञ्चारमन्त्रीजीसँग कुरा गर्नुहोला । उहाँले ल्याउनुभएको कुरा कसरी आउँछ, उहाँलाई थाहा नभएर ?’ उनले भने ।
मन्त्रीपरिषद्बाट पारित भएर संसदमा पुगेपछि मात्रै कानून मन्त्रालय जवाफदेही बन्ने बताए ।
२०८२ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








