महिला सांसद समन्वय समिति गठन गर्न प्रमुख सचेतक पाण्डेको माग
२०८२ साउन २१ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले महिला सांसद समन्वय समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद पाण्डेले संसदको कार्यकाल आधा सकिँदा पनि समिति गठनको प्रक्रिया नथालेकोप्रति आपत्ति जनाए ।
महिला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई थप सेवा तथा सुविधा नदिने भनेर नै नियमावलीमा व्यवस्था गरिएको स्पष्ट पार्दै आर्थिक अभावका कारण ढिलाई भएको भन्ने तर्क अर्थहीन भएको पनि बताए । उनले तत्काल समिति गठन गर्न माग गरे ।
प्रम्ुख सचेतक पाण्डेले बहुविवाहबारे सरकारको धारणा समेत माग गरे ।
२०८२ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








