लुम्बिनी क्षेत्रको काम अपेक्षाकृत छैन : मन्त्री पाण्डे
२०८२ साउन २१ गते

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले काम निरन्तर भइरहेको तर अपेक्षाअनुसार हुन नसकेको बताए ।
आगामी दिनमा अझ गतिका साथ काम अघि बढाउने बताए । आफूले लुम्बिनी क्षेत्रको विकासका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखि काम गरेको बताए ।
लुम्बिनीमा केही भूराजनीतिक गतिविधिहरु पनि व्यहोर्नुपर्ने रहेकाले त्यसको पनि समाधान गरेर अघि बढ्न जरुरी देखिएको बताए ।
समितिको बैठकमा बुधवार लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल भएको हो ।
२०८२ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








