सरकार संसदप्रति होइन, संसद सरकारप्रति उत्तरदायी भयो : रोशन कार्की (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरित अभ्यास भइरहेको टिप्पणी गरेकी हुन् । उनले सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? भन्दै प्रश्न उठाइन् ।
उनले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाइन् । उनले आफूहरु भिजिट भिसाको विरोधी हामी नभएको उल्लेख गर्दै भिजिट भिसाको नाममा मान्छे मार्ने र बेच्ने कार्यको विरोध गरिरहेको पनि उल्लेख गरिन् ।
उनले हजारौं नेपाली महिलाहरू वैदेशिक रोजगारीमा गएर यौनदुव्र्यवहारको शिकार भएको, पुरुषहरू बाकसमा फर्किेने गरेको उल्लेख गर्दै गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गरिन् ।
उनले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरिन् ।








