भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।

‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो’, उनले भने ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आव्हान हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =