विधेयकमाथिका दफावार छलफलमा निश्चित तहका पदाधिकारीलाई मात्र पहुँच दिनुपर्छ : जीवन परियार

काठमाडौँ । कुलिङ पिरियड छानबिन समितिका संयोजक जीवन परियारले समितिको प्रतिवेदन संसदमा पेस गरेका छन् ।

मंगलवार प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस गर्दै कुलिङ पिरियडमा गडबडी भएको निष्कर्ष समितिले निकालेको बताए । उनकाअनुसार गडबडीमा संलग्न राजनीति व्यक्तिलाई राजनीतिक रूपमा जिम्मेवार बनाउनुपर्छ । कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने भएकाले सोही बमोजिमको सुझाव समितिले दिएको बताए ।

संयोजक परियारले भने ‘आगामी दिनमा यस्ता त्रुटिहरू हुन नदिन मूल विधेयक र समितिको प्रतिवेदन एकीकृत रूपमा मिलाएर हेर्ने र अध्ययन गर्ने अभ्यास सुरु गर्ने, विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिनुपर्छ । विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई नै त्यससम्बन्धमा बढी जबाफदेही बनाउनुपर्छ । विषयवस्तुको प्रकृतिअनुसार संवेदनशील छलफलमा गोपनीयता र पारदर्शीतालाई सन्तुलनमा राख्न सोहीअनुसार सरोकारवालाबाहेक अन्यलाई प्रवेश दिनुहुँदैन ।’

संयोजक परियारले समितिका निर्णयहरूमा एकरूपता कायम गर्न र मानवीय त्रुटि कम गर्न दिगदर्शन तयार गरी लागू गर्नुपर्ने बताए । परिमार्जन भएका विषयहरूमा समिति सभापतिले प्रस्टसँग वाचन गरी निर्णय पुस्तिकामा लेखि निर्णयमा संलग्न समिति सदस्यहरूको हस्ताक्षर पुस्तिकामा गर्नुपर्ने सुझाव समितिले दिएको बताए ।

समितिका प्रतिवेदन संसदमा पठाउनुपूर्व समितिको बैठक राखी अनिवार्य रूपमा छलफल गराउन समेत सुझाव समितिले दिएको छ । समितिका सचिवको कामकारबाही र अधिकार स्पष्ट पार्न समेत समितिले सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =