सुनसरीको रामधुनी मन्दिर जोड्ने खोलामा पुल निर्माण गर्न माग

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी मन्दिर जोड्ने दशगिजा खोलामा पुल बनाउन सरकारसँग माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको शुुन्य समयमा बोल्दै सांसद आचार्यले सो माग गरेका हुन् । रामधुनी नगरपालिका –२ भुमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोलामा पुल निर्माण गर्न उनले माग गरेका छन् ।
उक्त खोलामा पुल निर्माणको लागी डिपिआर तयार भइसकेकोले तुरुन्तै ठेक्का लगाई काम अगाडी बढाउन उनले आग्रह गरे । मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी तत्काल काम अगाडी बढाउन उनले माग गरे । उनले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यालय जाने बाटोमा पर्ने दशगीजा खोलामा पनि पुल निर्माण कार्य अलपत्र परेको बताए ।
पुल निर्माणको लागी ठेक्का लागेर ठेकेदारले केही काम गरेपनि बीचमा अलपत्र पारेर छाडेको थियो । उनकाअनुसार ठेकेदारले काम नगरेपछि पुल निर्माणको ठेक्का रद्द गरिएको छ । सो पुल निर्माणको लागी यथाशीघ्र ठेक्का लगाउन उनले सरकारसँग माग गरेका छन् ।
उनले भने ‘सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यालय जाने बाटोमा पर्ने दशगिजा खोलामा पुल निर्माण गर्ने ठेक्का लागी केही काम भएको र पछि ठेकेदारले समयमा काम नगर्दा ठेक्का रद्द गरी काम अधुरो रहन गएकोमा सो काम पुन ठेक्का लगार्ई यथाशीघ्र अगाडी बढाइयोस् । रामधुनी नगरपालिका दुई भमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोला वा अमाहा खोलामा पुल निर्माणको लागी डिपिआर तयार भइसकेको र त्यहाँ मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले सो ठाउँमा तुरुन्तै ठेक्का लगाई पुल निर्माणको काम अगाडी बढाईयोस । त्यसको लागी अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी काम अगाडी बढाइयोस् भन्ने आग्रह गर्दछु ।’
मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी तत्काल काम अगाडी बढाउन उनले माग गरे ।








