अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्न : नेपालीको सम्पत्तिको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?

काठमाडौँ । मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश के कारणले ग्रेलिस्टमा परेको भन्दै अर्थमन्त्रीसँग जवाफ माग गरे । उनले नेपालीहरूको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन अर्थमन्त्रीसमक्ष माग गरे ।

सांसद सुवालले भने ‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन ? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन ? नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था भए सम्पत्ति शुद्धीकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन ? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले के कस्तो काम गदैछ ?’

सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्सानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =