कुलिङ पिरियडका छानबिन समितिमाथि ठुला दलका शीर्ष नेताहरूले हस्तक्षेप गरे : सांसद कुँवर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठुला दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्नु गलत रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै ठुला दलका ठुला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानबिन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको उनले बताएका हुन् ।

सांसद कुँवरले मिडियामा आएजस्तो यदि छानबिन समितिमाथि हस्तक्षेप भएको भए त्यो खेदजनक रहेको बताए । संसदीय छानबिन समितिको समय सीमा सकिसकेको भएपनि प्रतिवेदन नआएको भन्दै आपत्ति जनाए ।

सांसद कुँवरले भने ‘असार २३ मा बनेको संसदीय छानबिन समितिको सीमा सकिसकेको छ, अजै प्रतिवेदन आएको छैन । सुनिँदैछ, छानबिन समितिमा पनि ठुला दलका ठुला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शीर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ । यदि यो हो भने खेदजनक छ ।’

उनले छिटो भन्दा छिटो प्रतिवेदन बाहिर ल्याउन समेत आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =