सशस्त्रमा ठूलो संख्यामा बढुवा, को-को भए एसएसपी र एसपी ? (सूचीसहित)
२०८२ साउन २० गते

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालमा ७७ जना अधिकृतहरूको बढुवाका लागि सिफारिस भएको छ । सशस्त्र प्रहरी बलको बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेका विभिन्न पदमा सो संख्यामा अधिकृतहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा समितिका अनुसार, ६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । त्यसैगरी, २३ जना नायव उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा र ४८ जना सशस्त्र प्रहरी निरीक्षकलाई नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

२०८२ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








