सैनिक प्रवक्ता बस्नेतलाई पितृशोक

काठमाडौं । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतलाई पितृशोक परेको छ । उनका पिता पूर्णबहादुर बस्नेतको सोमबार निधन भएको हो ।

८९ वर्षीय बस्नेतको काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनि मुटु सम्बन्धी समस्याबाट पीडित रहँदै आएको र केही समयदेखि अस्पतालमै उपचाररत थिए ।

पूर्णबहादुर बस्नेतले लामो समय नेपाली सेनामै सेवा गरेका थिए। आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा र दुई छोरी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =