कांग्रेस सांसद शर्मा डिल्लीबजार कारागारमा
२०८२ साउन १९ गते

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटीमा रिहा हुन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् ।
सोमबार अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि आवश्यक प्रक्रिया पूरा गरी प्रसाईंको रिहाइको तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।
सांसद शर्मा रिहा प्रक्रियाको क्रममा प्रत्यक्ष रूपमा कारागार पुगेका हुन् ।
२०८२ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








