महाकालीमा पानीको प्रवाह घट्यो
२०८२ साउन १९ गते

कञ्चनपुर । महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको छ ।
पानीको प्रवाह बढेपछि चारपाङ्ग्र्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।
आज साँझ महाकालीमा पानीको बहाव घटेर ९९ हजार ४९० क्युसेक भएपछि सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिए ।
‘महाकालीमा पानीको प्रवाह एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको थियो’, उनले भने ‘दिउँसो एक लाख ६८ हजार क्युसेक पुगेको थियो, अहिले घटेर ९९ हजार ४००मा झरेको छ ।’
२०८२ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








