माधव नेपालको पार्टीसँग एकता गर्नेबारे छलफल जारी छ : माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताका लागि छलफल भइरहेको बताएको छ ।

सोमवार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् ।

उनकाअनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झैँ पार्टी एकता नै गर्ने निर्णय भने भई सकेको छैन । तर पार्टी एकताका लागि छलफल अघि बढिरहेको छ । समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रूपान्तरण गर्ने लक्ष्य माओवादी केन्द्रको रहेको पनि प्रवक्ता सापकोटाले बताए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल समाजवादी मोर्चामा आउने सम्भावना रहेको बताए ।

उनले भने ‘माधवजीको पार्टीसँग पनि समाजवादी मोर्चामा उहाँ हुनुहुन्छ । त्यहाँ छलफल चलिरहेको छ । निष्कर्षमा पुगिसकेको छैन । छलफल चल्दैछ । हाम्रो पार्टीको तर्फबाट सकेसम्म मोर्चालाई नै पार्टी एकीकरणमा रूपान्तरण गर्ने प्रयत्न हुन्छ । ’

पार्टी एकताबद्ध भएर अघि बढ्ने कुरामा बैठक सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =