वागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

काठमाडौं । वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

काँग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख समक्ष १९ गते पेश गरिएको दाबीमा ११० सदस्यीय प्रदेश सभामा काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ ।

संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेश गरेका हुन् ।

दाबी पेश गरिएको निवेदनमा काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

मंगलवार दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त गरेर ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =