स्थायी कमिटी बैठकमा सबैखाले एजेण्डामा छलफल भयो : जनार्दन शर्मा
२०८२ साउन १९ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेण्डाहरुमाथि छलफल भएको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबैखाले एजेण्डाहरुमा पार्टीमा वृहत छलफल भएको बताए । उनले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताए । ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो । वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ’ उनले भने ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तराई मधेसमा देखिएको पानीको संकटप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
२०८२ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








