भूमि विधेयक गिरिबन्धुसँग जोडिएको छैन : भूमिमन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रश्तावित भूमि विधेयक गिरिबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पारेका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आईतवार भएको भूमीसम्बन्धी विधयेकको छलफलमा उनले अनावश्यक रुपमा गिरिबन्धुलाई भूमि विधेयकसँग जोड्न जरुरी नरहेको बताएका हुन् ।
विधेयकमा कहाँ गिरिवन्धु जोडिएको छ ? देखाइदिन पनि सांसदहरुसँग आग्रह गरे । विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरु पनि नजोडिएको स्पष्ट पारे ।
मन्त्री अधिकारीले भने– ‘भूमि विधेयकमा प्रश्तावित संशोधित विषयहरुमा छलफल गरौँ । सरोकारवालाहरुले आफ्ना विषयहरु राखिरहनुभएको छ । मैले पटकपटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं । हाउजिङका कुराहरु विधेयकमा ल्याएका छौं । त्यसमा गिरिबन्धुसहित अरु कुनै विषय नै जोडिएको छैन । सांसदहरुलाई गिरिवन्धु कहाँनेर विधेयकमा जोडिएको छ ? मलाई देखाउनु भनेर पटक पटक भनिरहेको छु । यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरिवन्धु जोडिएको छैन । यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन ।’
उनले गिरिबन्धुलाई जोडेर सांसद्हरुले भूमि विधेयकलाई प्रचार गर्न जरुरी नरहेको स्पष्ट पारे ।
भुमीहीन, सुकुम्बासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने मन्त्री अधिकारीको भनाई रहेको छ ।








