नेकपा (एकीकृत समाजवादी) समाजलाई परिवर्तन गर्ने पार्टी हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असल भावना, संस्कार सिकाइ त्यसतर्फ प्रेरित गर्ने पार्टी नै नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गरे ।
समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी एकीकृत समाजवादी भएको उनको दाबी छ । समाजमा रहेका गरिबी, अभाव, पछौटेपन, अन्याय, अत्याचार, दुराचार, जातिय भेदभाव, दलितमाथिको छुवाछुतको विरोधमा आफ्नो पार्टी रहेको बताए ।
आफूहरु न्यायको निम्ति लड्ने, समानता खोज्ने, सुख र समृद्धिका लागि लड्ने पार्टी भएको बताए । उनले नयाँ पुस्तासँग आफ्नो पार्टीको चुनाव चिन्ह कलमको प्रचार गर्न पनि आह्वान गरे ।
अध्यक्ष नेपालले संसामार दुई वटा सिद्धान्तहरु रहेको बताउँदै पुँजीवादीले लुट्न मात्रै जान्ने र समाजवादीले न्याय र समानता दिने बताए ।








