देश र जनताका लागि कम्युनिष्ट पार्टीबीच एकताको खाँचो छ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन् ।

पार्टी निकट केन्द्रीय निर्वाचन विभागद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट आदर्श, सिद्धान्त तथा साँझा दृष्टिकोण भएका वाम समूहबीच एकता हुनुपर्ने बताए ।

विभिन्न समूहमा छरिएका वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीसँग एकताको प्रयास भइरहेको बताउँदै अध्यक्ष नेपालले समाजवादी क्रान्तिलाई पूरा गर्न शक्ति तथा सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले समाजमा भ्रष्टाचार, गरिबी, बेरोजगारी बढेको उल्लेख गर्दै सरकारले सुशासन कायम गर्न संवेदनशील हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा विद्यमान समस्या समाधान गरी आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =