पार्टी फुट्दैन तर पार्टीलाई अहित गर्नेहरूले आत्मालोचना गर्नैपर्छ : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरुको आकांक्षा पूरा नहुने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरुको कामना पूरा नहुने स्पष्ट पारे ।

उनले बैठकमा हुँदै नभएको छलफलहरु पनि सञ्चारमाध्यममा ठूलो शिर्षकमा राखिएको बताए । उनले पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा रहेको पाएको पनि बताए ।

‘बाहिरबाट पार्टी फुटोस् भनेर कामना गरेर बसेको त देख्छौँ । मिटिङमा पनि कसले के भने कसले के भने भनेर अतिरञ्जित गरेका कुराहरु त देखिरहेका छौँ । कतिपयले कामना त गरिरहेका छन् । तर त्यो पूरा हुँदैन । नभनेका कुराहरु ठूलो शिर्षकमा आए । पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा पनि रहेछ’ उनले भने ।

उपमहासचिव बस्नेतले पार्टीलाई अहित हुने काम गरेकाहरुले आत्मालोचना गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =