जनार्दनको अभिव्यक्तिबारे माओवादीले भन्योः एकाध व्यक्तिले बोलेका कुराको अर्थ छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेताहरुले गुट भंग गरेर थप एकतावद्ध भइ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

आईतावर पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरुले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरु विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए ।

उनले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेकाे जानकारी दिए । सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरुले माग गरेको बताए ।

विश्व परिवेशको बारेमा पनि वृहंगम छलफल भएको उनको दाबी छ । भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न आवश्यक रहेको सदस्यहरुले व्यवस्थित ढंगले अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई अझ सबल, सुदृढ र व्यवस्थित गर्नुपर्ने अधिकांश नेताहरुले आफ्ना धारणा राख्नुभएको पनि बताए । अध्यक्षले आत्मालोचना गर्नुपर्ने कुनै सदस्यहरुले धारणा नराखेको स्पष्ट पारे ।

अध्यक्षले आत्मालोचना गर्नुपर्ने विषय उठाएका पार्टीका उपमहासचिव जनार्दन शर्माले एकाध व्यक्तिले बोलेका कुराको कुनै अर्थ नरहेको बताए । ‘धेरैले भनेको कुरा के हो भने गुट भंग गर्नुपर्छ, स्वार्थ समूहहरु विघटन गर्नुपर्छ । अनि मात्रै पार्टी एकता हाँसिल गर्न सकिन्छ । व्यक्तिवादी अराजकता, अनुशासनहिनता जुन बढेर गएको छ, त्यसलाई अब नियन्त्रण गर्नुपर्छ । शुद्धिकरण, रुपान्तरणका कुरा अलि बढी आएका छन्’ उनले भने ।

आईतवार १९ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =