उपेन्द्र यादवको प्रश्नः प्राकृतिक श्रोत र साधनले सम्पन्न देश नेपाल कसरी दरिद्र भयो ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बसह जरुरुी रहेको बताएका छन् ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई प्रकृतिले सबैथोक दिएपछि सम्पन्न बनाउन नसकिएको बताए ।

प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? उनको प्रश्न छ । माटो नै नभएका देशहरु र बालुवाका देशहरु सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको बताए । ‘नेपाललाई प्रकृतिले सबैथोक दिएको छ । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जंगल छैन, रुख छैन, ति देशहरु संसारका धनी र सम्पन्न देश भए । नेपाल किन दरिद्र, कंगाल र अझ मानव निर्यात र तस्करी गर्ने देश किन भयो ? यो विषयमा चिन्तन गर्न जरुरी छ’ उनले भने ।

अध्यक्ष यादवले अहिले संघीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै शुरुवात भएको बताए । भूमि ऐनमा वन घुसाएर वन विनाश गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =