सरकार विकास निर्माणका कामलाई तिब्र बनाउन प्रतिवद्ध छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौं उपत्यकालाई वातावरणीय र यातायातको हिसावले व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् ।

आईतवार ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौं उपत्यका वातावरणीय हिसावले प्रदुषणबाट प्रभावित रहेको भन्दै यसको न्युनिकरण गर्न आवश्यक रहेको पनि बताए ।

जायिकाले शुरु गरेको जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रोजेक्टले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको पनि बताए ।

मन्त्री ठकुरीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा मन्त्रालय सदैव तयार रहेको बताए ।

वातावरणीय प्रभाव मूल्यांकनका कारणले धेरै प्रक्रियाहरु झन्झटिलो भन्ने सुने गरेपनि अब समस्या समाधान हुने र ऐन, कानून संशोधनको प्रक्रियामा अघि बढिसकेको बताए । वर्तमान सरकार विकास निर्माणका कामलाई तिब्रता र जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =