राष्ट्रपति ट्रम्पले गरे श्रम तथ्यांक प्रमुख बर्खास्त
२०८२ साउन १८ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गरेका छन् । उनले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाए । ब्युरोका प्रमुखले प्रश्तुत गर्नुभएको तथ्यांक गलत भएको उनको भनाइ छ ।
ट्रम्पको घोषणा ब्युरोले जुलाई रोजगार रिपोर्ट जारी गरेको केही घण्टापछि आएको हो । जसले मे र जुनको लागि मात्र ७३ हजार गैर–कृषि रोजगारी थपिएको – पूर्वानुमान भन्दा धेरै कम – र मे र जुनको लागि २ लाख ५० हजार भन्दा बढी रोजगारी संशोधन देखाएको थियो ।
जुलाई २०२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले म्याकएन्टार्फरलाई यस भूमिकाको लागि छनोट गरेका थिए ।
२०८२ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








