भण्डारी पक्षधरमाथि एमालेको कारबाही शृङ्खला : थप ३ जनालाई स्पष्टीकरण
२०८२ साउन १८ गते

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर लागेको भन्दै एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले आफ्ना तीन जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । महासंघको शनिबार बसेको बैठकले स्थायी कमिटी सदस्य हरिवंश कडरिया तथा केन्द्रीय सदस्यहरू कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरूमाथि सामाजिक सञ्जालमार्फत पार्टीको नीति र नेतृत्वविरुद्ध अराजक अभिव्यक्ति दिएको गम्भीर आरोप लगाइएको छ । महासंघले उनीहरूमाथि थप छानबिन गरी कारबाहीको टुङ्गो लगाउने सम्पूर्ण जिम्मा आफ्नो अनुशासन आयोगलाई दिएको जनाएको छ ।
यसअघि पनि पार्टीले युवा संघलगायत विभिन्न भ्रातृ संगठनका दर्जनौं नेता-कार्यकर्तालाई भण्डारीको पक्षमा भेला र अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने तथा निलम्बनसम्मको कारबाही गरिसकेको छ ।
२०८२ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








