दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्नु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताएका छन् ।

शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताए । उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यहरूलाई समान व्यवहार गर्न सक्नुपर्ने बताए ।

राजनीति कुनै स्वार्थ त्यागेर र समर्पण गरेर मात्रै गर्न सकिने बताए । स्वार्थबाट राजनीतिमा लागेको मानिसलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने बताए ।

मन्त्री पौडेलले भने ‘पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सीमित मानिसहरूलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त । त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त । राजनीतिक परिभाषाले भन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन । हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठुलो त्रुटि छ ।’

मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =