प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा : देव गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको आरोप लगाएका हुन् ।
पार्टी फुटाउने, राज्यका अङ्गहरू छिन्नभिन्न बनाउने काममा लागेको जिकिर गरे । उनले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ की हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बाँच्छ की बाँच्दैन भन्ने चिन्ताको विषय रहेको बताए । काठमाडौँमा कुराकानी गर्दै महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुनसक्नेमा पनि आशंका व्यक्त गरे ।
प्रधानमन्त्री ओली एवं नेकपा एमाले अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहेका व्यक्ति भएकोले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाए । लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल अगाडी गए मात्र अहिलेको व्यवस्था बच्ने बताए । अहिलेको लडाइँ व्यवस्था जोगाउनका लागि हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कुनैपनि बेला शक्तिकेन्द्रको उक्सावटमा आएर व्यवस्थामाथि प्रहार गर्नसक्ने आरोप लगाए । उनले ०८४ सम्म बृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताए । कम्युनिस्टहरू नै मुलुकमा पहिलो ठुलो पार्टी बन्ने बताए ।
महासचिव गुरुङले भने ‘०८४ सम्म पुग्दा बृहत्तर रूपमा कम्युनिष्ट एकीकरण हुनेवाला छ । एकताबद्ध हुन्छ । आउँदो ०८४ को निर्वाचनमा मुलुकमा फर्स्ट पार्टी बन्ने र बनाउने प्रक्रियामा माओवादी पुग्छ । अहिले फर्स्ट पार्टी हुन्छ की हुँदैन भन्ने प्रश्न भन्दा पनि ०८४ मा चुनाव हुन्छ की हुँदैन, यो व्यवस्था बाँच्छ की बच्दैन । यो सदन बाँच्छ की बाँच्दैन भन्ने चिन्ताको विषय हो । यो व्यवस्था बाँच्छ की बाँच्दैन भन्नेमै च्यालेन्ज छ । अहिलेको लडाइँ त त्यहाँ केन्द्रित छ त । वृहत् शान्ति सम्झौताको विपक्षमा रहेको अभिमत भएको एमालेको नेतृत्व अहिले सरकारको नेतृत्व छ । उहाँको सोच र विचारको हिसाबले हेर्दा दोबाटोमा छ । डेकमोक्रेसीलाई रक्षा गर्नुपर्छ, संविधानको रक्षा गर्नुपर्छ, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा गयो भने यो व्यवस्था बाँच्छ, ०८४ मा चुनाव पनि हुन्छ, होइन उहाँको संकीको आधारमा पदप्रतिष्ठाको लागि कतिपय शक्ति केन्द्रको उक्सावटको आधारमा यो व्यवस्थामाथि प्रहार हुन सक्दैन भनेर भन्न सकिँदैन । दुई दुई पटक प्रहार भएको इतिहास छ ।’
महासचिव गुरुङले व्यवस्थापिक संसद समय समयमा बलीको बोको भइरहेको बताए । प्रणालीमाथि अहिले पनि ठुलो जोखिम रहेको बताए ।








