नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छ : प्रहरी वरिष्ठ उपरीक्षक कोइराला

काठमाडौँ । ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाकाअनुसार ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । ब्राउन सुगर नेपालमा मुख्य रूपमा खपत हुने गरेको बताए ।
लागुऔषधहरु नेपाललाई ट्रान्जिट बनाउँदै कोलम्बिया, पेरु, युएई, भारत, कतार र इथोपिया लगायतका देशहरूमा जाने गरेको बताए । उनले नेपालमै पनि गैरकानूनी रूपमा गाँजा र अफिम खेती हुने गरेको बताए ।
उनले भने ‘अब यो वर्तमान अवस्था कस्तो छ, केके हुन्छ भन्दा हाम्रै देशमा पनि गैरकानूनी रूपमा लुकिछिपी गाँजा खेती हुन्छ । अफिम खेती गरेको पनि कतै भेटिएको छ । ट्राफिकिङ र ट्रान्जिट मात्रै । नेपाललार्ई ट्रान्जिट बनाएर विभिन्न देशबाट कोकिन खैरो हिरोइन यहाँ आउँछ । यहाँबाट पनि नेपालमा खपत हुँदैन । भारत र युरोपियन देशमा जाने देखिएको छ । नेपालमा खपत हुने खालका लागुऔषध ब्राउन सुगर हो । ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । फर्मास्युटिकल ड्रग्सहरु जो नियन्त्रित लागुऔषधहरु छन् । तिनीहरू पनि ९० प्रतिशत श्रोत भारतबाट आएर नेपालमा खपत हुन्छन् । चरेस युरोप लगायतका देशहरूमा जाने गरेको थियो । ब्राउन सुगर नेपालमा मुख्य रूपमा खपत हुन्छ । हिरोइन पाकिस्तान, दक्षिण अफ्रिकाबाट आउँछ । कोकिन पेरु, कोलम्बिया लगायतका देशहरूमा जाने गरेको पाइन्छ । कतार, इथियोपिया पनि ट्रान्जिट हुने गरेको छ ।’
उनले खैरो हिरोइन जस्ता लागुऔषध नेपालबाट युरोपियन देशहरूमा बढी जाने गरेको बताए ।








