‘तराई-मधेसका किसानलाई नगद क्षतिपूर्ति दे’ (तस्बिरहरू)
२०८२ साउन १६ गते

काठमाडौँ । ‘तराई-मधेसका किसानलाई नगद क्षतिपूर्ति दे’ भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
सरकारले मधेसलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दीर्घकालीन योजना नल्याएको भन्दै युवाहरूले उक्त प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘धान सुक्यो, किसान रोयो, मन्त्री जी एसीमा’, ‘भात छैन थालमा, राहत छैन हातमा’, ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले चुरे संरक्षणमा जोड दिनुपर्ने भन्दै सुक्खा प्रभावित किसानहरूलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :


२०८२ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








