सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गरे । उनले समावेशी संविधानका बाबजुद कुनैपनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताए । उनले कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले निर्माण गरेको बताए । तर सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन पनि सकिने बताए ।

सभापति देउवाले भने ‘यो देशका सबैलाई जोड्ने किसिमको संविधान छ । यसमा महिलाहरू, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व राखेको छ । हाम्रो देशमा समावेशी लोकतन्त्र भन्दा हुन्छ । यस्तो राम्रो व्यवस्था छ । एउटा समस्या छ । समस्या के हो भने यो संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ । कुनैपनि पार्टीको स्पष्ट बहुमत आउँदैन । तैपनि पार्टी एक भएर अघि बढेको खण्डमा बहुमत आउन पनि सक्दछ । सबै मिलेर हामी हिँड्यौँ भने हाम्रो देश अघि बढ्न सक्छ । समावेशितामा आधारित सबैको देशको रूपमा स्थापित भएको छ ।’

सभापति देउवाले नेपालका थारु समुदायहरू जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमानदारिताका साथ अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =