जातीय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैन : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताए । जातको आधारमा नभई समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको बताए । सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताए । जातीय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताए ।

सभापति देउवाले भने ‘हामी सबै मिलेर पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता महसुस गरेका छौँ । नेपाल विविधताले भरिएको देश हो । जहाँ सबै जातजाति भाषा सबैको उच्च सम्मान गरिनुपर्छ । जातको आधारमा होइन, समावेशी सोच र साँझ भविष्यको बाटोमा अघि बढ्न आवश्यक छ । नेतृत्व पनि यस्तो हुनुपर्दछ । जसले सबैलाई साथमा लिएर अघि बढ्न सकोस् । जातीय संकीर्णताले समाज परिवर्तन गर्न सक्दैन । देशलाई अघि बढाउन सक्दैन । यो देश सबैको हो । सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्दछ ।’

सभापति देउवाले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =