नारी स्वतन्त्रताको अभावले जन्मिएको ‘कागताली’ [तस्बिरहरू]
![नारी स्वतन्त्रताको अभावले जन्मिएको ‘कागताली’ [तस्बिरहरू]](https://www.makalukhabar.com/wp-content/uploads/2025/07/Kagatali-11-mk-.png)
काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा नाटक ‘कागताली’ को मञ्चन भइरहेको छ । गत श्रावण ७ गतेदेखि यस नाटकको मञ्चन सुरु भएको हो ।
‘कागताली’ वि.सं. २०५० को दशकको पृष्ठभूमिमा आधारित सामाजिक मनोविज्ञान नाटक हो । यस नाटकले एउटा उच्च वर्गीय परिवारभित्र घट्ने रहस्यमय घटनालाई प्रस्तुत गर्दै दर्शकहरूको मनमा कौतुहलता जगाउने काम गरेको छ ।
जहाँ नारीलाई स्वतन्त्रता र समान अधिकार नदिइँदा कस्ता अप्रत्याशित घटनाहरू जन्मन सक्छन् भनेर नाटकीय ढङ्गमा देखाइएको छ । नाटक विभिन्न हास्य रसका साथै अप्रत्याशित मोडहरूले भरिएका छन् । जहाँ आउने उतार-चढावहरूले दर्शकलाईसंगै लिएर बग्दछ ।
यस नाटकमा कलाकार बास्ना तिमिल्सिना, रूपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत काउचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीले उत्कृष्ट अभिनय गरेका छन् ।
‘कागताली’ एक थिएटर नेपालको दोस्रो प्रस्तुति हो । यसलाई नवीन चन्द अर्यालले लेखन तथा निर्देशन गरेका हुन् भने सविन भट्टराई र विष्णु राईले सहनिर्देशन गरेका छन् ।
हरेक दिन साँझ ५: १५ बजे मञ्चन हुने यस नाटक शनिवार दिउँसो १ बजे पनि अतिरिक्त मञ्चन हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू :









