जनप्रतिनिधि र कर्मचारीको साझा एजेन्डामा अघि बढिरहेको रामारोशन (भिडिओ)

काठमाडौं । रामारोशन गाउँपालिका अछामका १० पालिका मध्येको एक पालिका हो । यो पालिका सुन्दर पर्यटकीय क्षेत्र भएको पालिका हो ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको यस पालिकामा ७ वटा वडाहरू छन् ।

मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गरी ७ वडालाई समावेश गरी यो पालिका स्थापना गरिएको हो ।

रामारोशन आफैँमा सुन्दर र पर्यटकीय मात्रै छैन, यहाँको आफ्नै भाषा संस्कृति पनि छ । तर, पालिका प्राकृतिक रूपमा सम्पन्न भए पनि रामारोशन विकास निर्माणका हिसाबले अझै पछाडि नै छ ।

कृर्षी, पर्यटन तथा मौलिक संस्कृति हाम्रो पहिचान, आर्थिक, सामाजिक तथा समृद्धि विकास रामारोशन गाउँपालिकाको अभियान ! भन्ने मूल नारासहित अगाडी बढेको यो पालिकाले उल्लेख्य प्रगति भने गर्न सकेको छैन । संघ, प्रदेशदेखि जनताबाट निर्वाचित भएका जनप्रतिनिधिको उपेक्षामा परिरहेको यो पालिकाले लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न चुकिरहेको छ ।

यसका बावजुत पनि रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी भने रामारोशनको विकासका लागि निरन्तर जुटिरहेका छन् । पालिकाको प्रशासनिक जिम्मेवारीमा रहे पनि अधिकृत भण्डारीले पालिकाको समग्र विकासका लागि मार्गचित्र बनाइरहेका छन् ।

पालिकाकै गौरवको अभियान रामारोशन शैक्षिक रूपान्तरण अभियान होस्, वा युवा र महिलामैत्री अन्य कार्यक्रम हुन्, अधिकृत भण्डारीले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

अधिकृत भण्डारीले नै अघि सारेको शैक्षिक रूपान्तरण अभियान अहिले पालिकाको गौरवको अभियान बनेको छ । शिक्षामा सुधार भए मात्रै अन्य रामारोशनको अन्य विकास सम्भव रहेको निष्कर्ष निकाल्दै यो अभियान सुरु गरेको अधिकृत भण्डारी बताउँछन् ।

देशका अन्य पालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको विवादले कार्यपालिका बैठक समेत बस्न नसकेको बेला रामारोशनमा भने जनप्रतिनिधि र कर्मचारीमा कुनै विवाद छैन । पालिकाले राखेका लक्ष्य प्राप्तिमा जनप्रतिनिधि, कर्मचारी र आम जनसमुदाय एकजुट रहेको अधिकृत भण्डारी बताउँछन् ।

तर, कतिपय अवस्थामा भने राम्रो काम गर्दागर्दै पनि अराजक तत्त्वहरूले रामारोशनको बदनाम गराउने गरेको उनको अनुभव छ । पालिकाले चालेका कदमा साथ दिनुको साटो सामाजिक सञ्जाल माफत् जनप्रतिनिधि र समग्र कर्मचारीको अपमान गर्ने गरिएकोमा भण्डारी दुख व्यक्त गर्छन् ।

रामारोशन गाउँपालिकाको समग्र विकास निर्माण र पालिकाले चलाइरहेका जनतामैत्री अभियानका विषयमा हामीले रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, अधिकृत भण्डारीसँग मकालुखबरकर्मी एकेन्द्र खत्रीले गरेको भिडिओ कुराकानी ….

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =