आइएमई मोटर्सलाई अशोक लेल्यान्डको ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

काठमाडौं । आइएमई मोटर्सले अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त गरेको छ ।

अशोक लेल्यान्डसँगको सफल एक दशक लामो साझेदारीकै बीच प्राप्त यस सम्मानले आइएमई मोटर्सको सेवाप्रतिको निरन्तर प्रतिबद्धता र उत्कृष्टताप्रति उच्च मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो सम्मान सम्पूर्ण टेक्निसियन र सर्भिस टिमको समर्पण र मेहनतको परिणाम भएको बताए । ‘हामी आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धतासहित अघि बढ्नेछौं,’ उनले भने ।

त्यस्तै, आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डले कम्पनीको गुणस्तरीय सेवा प्रवाहमा थप ऊर्जा भरेको उल्लेख गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार निरन्तर सुधार र उत्कृष्टता हासिल गर्ने हाम्रो यात्रामा यो पुरस्कार प्रेरणादायी उपलब्धि हो ।’

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले दुई कम्पनीबीचको १० वर्षे सहकार्यको सफल यात्रामा प्राप्त यो सम्मानले सहकार्यको मजबुती र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा दृष्टिकोणलाई प्रतिबिम्बित गरेको बताए ।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता र साझेदारहरूको समग्र योगदानको मूल्यांकन गरी सम्मान गरिन्छ । यस अवार्डलाई नेपाली अटो क्षेत्रको लागि समेत गौरवको विषयका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =