प्राकृतिक प्रकोपले प्रधानमन्त्रीको भिजन सफल हुन सकेको छैन : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन् ।
शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनल अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताए ।
उनले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरुले असर गरिरहेको बताए ।
रसुवा बाढी, मधेसमा सुख्खाग्रस्त हुनु जस्ता विपद्ले पनि समृद्ध नेपालको सपना साकार हुन नसकिरहेको बताउ । ‘कहीँ अनावृष्टि, कतै अतिवृष्टि र कतै पानी नपरेको अवस्थामा जुन प्रकृतिको प्रकोप र मारमा परेका छौँ । प्रधानमन्त्रीज्युले बारम्बार भन्ने गर्नुहुन्छ, यो मुलुकको समृद्धिको लागि, जनताको सुखको लागि समृद्ध नेपाल सुखी नेपालीको उहाँको जुन भिजन छ । जसलाई बेला बेलामा यस्ता किसिमका प्रकृतिका प्रकोपले असर पारिरहेको छ’ उनले भने ।
मन्त्री भण्डारीले मधेस प्रदेशको परिस्थितिलाई मध्यनजर राखेर संकट ग्रस्त र सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।








