बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाखौँ न्यु इनर्जी भेइकल

काठमाडौँ । सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौँ युनिट सवारी साधन उत्पादन गरेर एक महत्त्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ ।

चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रूपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौँ सवारीको रूपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो ।

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रूपमा बढिरहेको कम्पनीले जनाएको छ । गत जनवरीदेखि जुन सम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको जनाइएको छ ।

कम्पनीका अनुसार यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

प्रोडक्सन लाइनमा १ करोड ३० लाखौँ सवारीको रूपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =