केआईआईटी प्रकरण

अनुसन्धान समितिको प्रतिवेदनमा देखियो कलेजको लापरबाही

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु प्रकरणमा गठित अनुसन्धान समितिले विश्वविद्यालय प्रशासनलाई गम्भीर रूपमा दोषी ठहर गरेको छ ।

भारतको प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपाली छात्राहरूको मृत्यु कलेजभित्र भइरहेको अवैध र गैरकानुनी गतिविधिकै परिणाम भएको उल्लेख छ ।

प्रतिवेदनमा घटनालाई फौजदारी अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्ने र कलेज प्रशासनका वरिष्ठ कर्मचारीहरू कानुनी कारबाहीका योग्य रहेको बताइएको छ ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल गत फागुन ४ गते होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनले मृत्यु गर्नु अघि दुई पटक मानसिक दुव्र्यवहार र ब्ल्याकमेलबारे कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक नलिँदा उनले अन्ततः ज्यानको बलिदानी दिनुप¥यो ।

प्रकृतिको मृत्युपछि न्याय माग्दै नेपाली विद्यार्थीहरूले क्याम्पसमा आन्दोलन गरे । त्यसक्रममा सुरक्षागार्डमार्फत उनीहरूलाई कुटपिट गर्ने, होस्टल छाड्न दबाब दिने जस्ता अमानवीय व्यवहार कलेज प्रशासनबाट गरिएको थियो ।

मामला सेलाउन नपाउँदै वैशाख १८ गते अर्की नेपाली छात्रा प्रिसा शाह पनि होस्टलमै मृत अवस्थामा फेला परेकी थिइन् । यसले विश्वविद्यालयको व्यवस्थापकीय चरित्रमाथि थप प्रश्न उठाएको छ ।

भारतको विश्वविद्यालय अनुदान आयोगले गठन गरेको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा गम्भीर लापरबाहीको सूची प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “पीडितले दुई पटक उजुरी दिएकी थिइन्, जसमा विश्वविद्यालयले दोषी विद्यार्थीलाई कानुनी सजाय दिन सक्ने अवसर गुमायो । उल्टै मिलापत्र गराएर न्यायका लागि गरिएको प्रयासमाथि पर्दा हालियो । यही मिलापत्र अन्ततः आत्महत्याको कारण बन्यो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =