उपाधि विजेता यू-१६ क्रिकेट टोलीलाई क्यानको सम्मान, जनही ५० हजार नगद पुरस्कार

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेर राष्ट्रको शिर उच्च पार्ने नेपाली युवा क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै विजेता टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा युवा खेलाडीहरूको ऐतिहासिक प्रदर्शनको कदर गर्दै उनीहरूको मनोबल उच्च पार्न र भविष्यमा अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्न पुरस्कारको घोषणा गरिएको उल्लेख छ । ‘यो पुरस्कार युवा प्रतिभाहरूको कडा मिहिनेत र राष्ट्रप्रतिको समर्पणको सम्मान हो । यसले उनीहरूलाई आगामी दिनमा थप सफलता हासिल गर्न ऊर्जा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

हालै मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालले अपराजित रहँदै शानदार प्रदर्शन गरेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड, भुटान, इन्डोनेसिया, जापान, माल्दिभ्स र म्यानमार सहभागी थिए । यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =