काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टि देसाइ नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टि देसाइ काठमाडौं गोर्खाज फ्रेन्चाइज टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौंले देसाइलाई टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत देसाइको नियुक्ति सार्वजनिक गरेको छ ।

यसअघि पहिलो संस्करणमा काठमाडौंको प्रशिक्षक बसन्त शाही ठकुरी थिए । नेपाली क्रिकेटलाई नजिकबाट चिनिसकेका देसाइले नेपालप्रति आफूले विशेष भावना राखेको उल्लेख गर्दै टियु मैदानमा समर्थकहरूसँग भेटघाटको प्रतिक्षामा रहेको बताएका छन् ।

काठमाडौंले यसपटकका लागि मार्की खेलाडी तथा कप्तानको रुपमा करण केसीलाई चभतबष्लभम गरेको छ । यस्तै, भीम सार्की, राशिद खान, दीपेश कंडेल, शाहब आलम र प्रतिक श्रेष्ठ पनि टिममै रहेका छन् ।

पहिलो संस्करणमा काठमाडौंले सात खेलमध्ये चार जितेको थियो । तर अंक तालिकामा पाँचौं स्थानमा सीमित भएको थियो । मोन्टि देसाइको आगमनसँगै काठमाडौं गोर्खाजले यो संस्करणमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =