करेन्ट चाउचाउ: नेपाली स्वादको अन्तर्राष्ट्रिय सफलताको कथा

काठमाडौँ । रुपन्देहीको तिलोत्तमाबाट सुरु भएको ‘करेन्ट चाउचाउ’ अहिले नेपालीहरूमाझ मात्र होइन, विश्व बजारमा पनि चर्चाको शिखरमा छ ।
यशोदा फुड्स प्रालिले २०७४ साल वैशाख २४ गते ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन सुरु गर्दा धेरैलाई लागेको थियो– यो एउटा सामान्य चाउचाउ मात्र हो । तर, आज त्यो साधारण भनिएको ब्रान्ड नेपालकै सबैभन्दा पहिचानयुक्त र उपभोक्तामैत्री चाउचाउमध्ये एक बन्न सफल भएको छ ।
करेन्टको सुरुवात एउटा स्पष्ट उद्देश्यका साथ भएको थियो । नेपाली स्वादमा नेपाली उत्पान, जसले स्वदेशमै विदेशीस्तरको गुणस्तरीय चाउचाउ उत्पादन गर्ने सपना देखेको थियो । यशोदा फुड्सले विशेषगरी नेपालको मौलिक पिरो स्वादलाई झल्काउने अकबरे खुर्सानीलाई चाउचाउमा समावेश गरेर फरक स्वाद दिन सफल भएको छ ।
उपभोक्ताको मन जितिरहेको करेन्ट चाउचाउ
विराटनगरका मजदुर कृष्ण यादवका लागि करेन्ट चाउचाउ दैनिकीको एक हिस्सा बनिसकेको छ । उनको व्यस्त जीवनमा छिटो, सजिलो र स्वादिलो खाजाको रूपमा करेन्ट एउटा भरोसिलो साथी बनेको छ ।
मजदुर यादवले भट्टा सिजनमा हुँदा आफूहरूले दिनहुँ जसो खाजाका रूपमा करेन्ट चाउचाउ खाने गरेको बताए ।
उनले कामको व्यस्ततामा करेन्ट सजिलो र मिठो खाना भएको सुनाए । ‘इट्टाभट्टामा काम गर्दा खाजा बनाउने फुर्सद हुदैन्थ्यो । त्यसैले म र मेरो परिवार करेन्ट चाउचाउको सुप बनाएर खाजा खान्थ्यौँ । त्यसो गर्दा छिटो पनि हुने र मिठो पनि हुने । साथै पेट पनि अघाउँछ’ उनले भने ।
सुरुमा करेन्टको मूल्य महँगो लागे पनि पछि उपयुक्त नै लागेको यादव बताउँछन् । उनले चाउचाउहरूको विकल्पमा करेन्ट चाउचाउ नै आफ्नो पहिलो रोजाइ भएको बताए । ‘मलाई पहिले करेन्ट चाउचाउको मूल्य एकदमै महँगो लाग्थ्यो,’ उनले भने, ‘तर यसलाई सुप हालेर खाँदा त खाना खाए जत्ति नै हुँदो रहेछ । त्यसैले त्यत्तिको मूल्य त ठिकै हो जस्तो लाग्छ । अहिले त करेन्ट मेरो मन पर्ने खाजा बनिसक्यो ।’

त्यस्तै, भक्तपुरकी १९ वर्षीया विद्यार्थी सबिना तामाङका लागि करेन्ट ‘पिरो–मिठो’ स्वादको परिभाषा नै बनिसकेको छ । तामाङका लागि करेन्ट चाउचाउ केवल खाजा होइन, एक रमाइलो अनुभव हो ।
साथीको घरमा पहिलो पटक खाँदा उनको जिब्रोमा पिरो स्वाद लागेको थियो । त्यही दिनदेखि पिरो खाने मन हुँदा उनी करेन्टको याद गर्छिन् । घरमा पकाउँछिन्, परिवारलाई खुवाउँछिन् । अब त्यो स्वाद केवल उनको नभएर सम्पूर्ण घरको रोजाइ बनेको छ ।
‘केही पिरो र केही मिठो खाजा खान मन लाग्दा हामी करेन्ट चाउचाउ नै खान्छौँ । मेरो परिवारमा त करेन्ट सबैलाई मन पर्छ’ उनले भनिन् । उनी करेन्ट चाउचाउमा पनि डबल एक्स नुडल्स आफूलाई सबैभन्दा बढी मन पर्ने बताउँछिन् ।
उता, नगरकोटकी दिलमाया थिङका लागि भने करेन्ट चाउचाउ खेतमा काम गर्ने खेतालाहरूलाई मख्ख पार्ने माध्यम बनेको छ । उनको खेतमा काम गर्ने खेतालाहरूलाई चिउरा वा रोटी भन्दा बढी मन पर्ने चिज अब करेन्ट चाउचाउ हो । उनी भन्छिन्,‘ म त खेतालाहरूलाई यही खाजा बनाएर दिन्छु । उनीहरू पनि करेन्ट चाउचाउ नै खान रुचाउँछन् । फेरि मलाई पनि यही बनाउन सजिलो लाग्छ ।’
यी त प्रतिनिधि पात्र मात्र हुन् । यसै स्वादले हजारौँ युवाको जिब्रोलाई लपक्यो, कामकाजी मखजुरको थकाइ हटायो, र गृहिणीहरूको भान्सालाई सजिलो बनायो । यो चाउचाउले न त स्वादमा सम्झौता गर्यो, न गुणस्तरमा ।
त्यसैले, थोरै समयमै यसले यस्तो ख्याति कमायो जुन धेरै ब्रान्डले दशकौँमा पनि पाउँदैनन् । करेन्ट चाउचाउ अब कुनै सामान्य ‘नुडल्स’ को परिचय होइन, यो नेपाली स्वादको, नेपाली आत्मनिर्भरताको प्रतीक हो । जसबाट करेन्ट चाउचाउले नेपाली उत्पादनको विश्व बजारमा दह्रो उपस्थिति जनाएको छ ।
केही वर्षअघि मात्रै विदेशी चाउचाउको बजारमा नेपाली ब्रान्डहरूको नाम सुनिँदैनथ्यो । आज स्थिति फेरिएको छ । करेन्ट चाउचाउ अब अमेरिका, अस्ट्रेलिया, भारत लगायत २ दर्जन देशमा निर्यात हुने नेपाली स्वाद बनेको छ । नेपाली माटो, नेपाली कृषि, र नेपाली मेहनत मिल्यो भने, हामीले पनि विश्वस्तरीय उत्पादन गर्न सक्छौँ भन्ने देखाएको छ ।
यशोदा फुड्सको आर्थिक सफलता
यशोदा फुड्सको आर्थिक सफलता बोल्छ । सन् २०२२ मा करिब ३ अर्ब ४३ करोडको कारोबार गर्दै अगाडि बढेको कम्पनीले सन् २०२४ सम्म आइपुग्दा ५ अर्ब ८६ करोड नाघेको छ । यो केवल आर्थिक फाइदा माचै होइन, यो विश्वासको प्रतिबिम्ब रहेको कम्पनीले बताउँछ । यसरी यस चाउचाउले अन्तर्राष्ट्रिय स्तरको चाउचाउ उत्पादन गर्दै देशको अर्थतन्त्रलाई समेत बलियो बनाएको छ ।

कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ हजार नेपालीलाई रोजगारी दिएको छ । कृषिमा पनि यसको टेवा उल्लेखनीय छ । ३० हेक्टरभन्दा बढी जमिनमा अकबरे खुर्सानी खेती गराउँदै, किसानलाई निश्चित बजारको ग्यारेन्टी दिएको छ । पाँच जिल्लाका करिब १० हजार किसानहरू करेन्टको मूल्य श्रृंखलामा आबद्ध छन् ।
करेन्टले करिब ३० हेक्टर जमिनमा अकबरे खुर्सानी खेती गर्न र मकवानपुरमा प्रयोगमा नआएको जमिनमा खुर्सानी खेती गर्न पनि प्रोत्साहन गरेको कम्पनीले जनाएको छ ।
अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुणहरू यस चाउचाउमा भएकाले करेन्ट चाउचाउलाई धेरै मानिसहरूले रुचाएको कम्पनीको दाबी छ । रोजगारी र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थ्यको हिसाबले पनि करेन्ट चाउचाउ निकै राम्रो भएको कम्पनीको दाबी छ ।









