चीनसँगको सहकार्य नबढाउने हो भने जतिबेला पनि दुर्घटना हुनसक्छ : प्राधिकरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्युनिकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि रहनु जरुरी रहेको बताए ।

उनले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरु रहेको उल्लेख गरे ।

उनले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको बताए । ‘चीनसँग स्थायी समन्वय जारी राखि रहनुपर्नेछ । त्यो दिशामा अघि बढ्नेछौँ । युएनडिआरआरको प्रपोजल बनाउने चरणमा पनि छौँ । चीन र हाम्रो बीचमा इन्फरमेसन एक्सचेन्ज नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको संघारमा छौँ । अर्लि वार्निङको हाम्रो आफ्नो देशको सिस्टमले काम गरिरहेको छ । अझै त्यसलाई बढाउन जरुरी छ’ उनले भने ।

उनले विपद्को कुरा यही हुन्छ भन्न नसकिने तर पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरु रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =